
फाइल तस्बीर
काठमाडौं । जुम बैठकमा अश्लील हर्कत गरेकाे भिडियाे बाहिरिएपछि चितवन कृषि तथा वन विश्वविद्यालय रामपुरको कृषि संकायका डीन जयप्रकाश दत्तलाई निलम्बन गरिएको छ ।
महिला कर्मचारीलाई दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरिएको हो । यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको छ ।
गत फागुन ३ गते जुम मिटिङ चलिरहेका बेलामा एएफयूको चितवन रामपुरमा रहेको कृषि संकायको डिन कार्यालयमा डिनको कार्यकक्षभित्र छिरेकी एक महिलालाई दत्तले आफूतिर तान्ने तथा ‘अश्लील हर्कत’ गरेको छोटो भिडियो सार्वजनिक भएको थियो।
प्रतिक्रिया दिनुहोस्