७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड सम्पन्न


5.122k
Shares

काठमाडौं । सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ सम्पन्न भएको छ । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्च कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायका साथमा अवार्ड सम्पन्न भएको हो ।

ग्लोबल एक्रिडिएसन काउन्सिलले १३ मार्च २०२३ मा आयोजना गरिएको कार्यक्रममा विभिन्न १६ विधामा सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपाल घोषणा गरिएको हो ।

इन्टरनेसनलतर्फ कतार एअरवेज र डोमेस्टिकतर्फ बुद्ध एअरले ‘बेस्ट एअरलाइन्स अफ द इअर’ को अवार्ड जितेका छन् ।

अनलाइनमार्फत गरेको भोट, नोमिनेसन बोर्डले गरेको डेटा प्रशोधन तथा निर्णायक मण्डलको निर्णयको संयोजनबाट आएको तथ्याङ्कबाट प्राप्त नतिजाका आधारमा बिजेता छनोट गरिएको थियो ।

सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्ड्स् नेपालमा हाल काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २९ वायुसेवा प्रदायक तथा आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा एअर इन्डियाका कन्ट्री म्यानेजर प्रिति सावन्तलाई नेपालमा सर्वाधिक लामो समयसम्म उडान भर्ने एअरलाइन्सका रुपमा विशेष अवार्ड प्रदान गरिएको थियो ।

कसले कुन अवार्ड जिते ?

बेस्ट एअरलाइन्स अफ द इअर – इन्टरनेसनल । कतार एअरवेज
बेस्ट एअरलाइन्स अफ द इअर – डोमेस्टिक । बुद्ध एअर
बेस्ट एअरलाइन्स अफ द इअर – हाइब्रिड तथा एलसीसी । हिमालय एअरलाइन्स
बेस्ट एअरलाइन्स अफ द इअर – अफलाइन अपरेसन । एमिरेट्स् एअरवेज
बेस्ट नेसनल एअरलाइन्स – नेपाल एअरलाइन्स
बेस्ट सर्भिस प्रोभाइडर फर एभिएसन – नेपाल एअरलाइन्स ग्राउन्ड ह्याण्डलिङ्
बेस्ट बिजनेस क्लास – कतार एअरवेज
बेस्ट इकोनोमी क्लास – फ्लाई दुबई
बेस्ट क्याबिन क्रु – एअर अरबिया
बेस्ट ट्रान्जिट एअरपोर्ट लाउन्ज – टर्किस एअरलाइन्स
बेस्ट एअरलाइन्स रिवार्डस् प्रोग्राम – कतार एअरवेज
बेस्ट एअरलाइन्स – एअर फेयर पोलिसी । कतार एअरवेज
बेस्ट एअरलाइन्स – फ्रन्ट डेस्क सपोर्ट । जजिरा एअरवेज
सीईओ अफ द इअर – नेपाली एअरलाइन्स । बिरेन्द्रबहादुर बस्नेत, बुद्ध एअर
बेस्ट एअरलाइन्स म्यानेजर अफ द इअर – इन्टरनेशनल एअरलाइन्स । सारिक बोगटी (कतार एअरवेज)
बेस्ट जनरल सेल्स एजेन्ट (जीएसए) फर फरेन एअरलाइन्स – सोसाइटी इन्टरनेसनल