
काठमाडौं । पशुपालनमा लागेका किसानको लागत बढेको भन्दै सरकारले एक वर्ष नपुग्दै दूधको मूल्य फेरि बढाएको छ । किसानलाई लिटरमा १० रुपैयाँ हात लगाउन गरिएको मूल्य वृद्धिको असर उपभोक्ताले भने दोब्बर मूल्य चुकाउनुपर्ने अवस्था छ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानदेखि निजी दुग्ध उत्पादकहरुले दूधको मूल्य बढाएका छन् । यसको प्रभाव चियाकपमा समेत परिसकेको छ ।
डिडिसीले बिहीबारदेखि लागू हुने गरी नयाँ मूल्य प्रिन्ट भएको प्याकेट बजारमा पठाएको छ । दुग्ध विकास संस्थानले चार प्रकारका दूध बजारमा ल्याउँदै आएको छ । चारै प्रकारका दूधमा मूल्य वृद्धि भएको हो । काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडामा लागू भएको दूधको मूल्य लिटरमै १६ रुपैयाँसम्म बढाइएको छ । बुटवल, नेपालगञ्ज, धनगढीमा भने तोकिएको मूल्यभन्दा तीन रुपैयाँ कम मूल्य बढाइएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, विराटनगर, जनकपुर र हेटौँडामा हरियो प्याकेट दूध अर्थाल कृम दूधमा सबैभन्दा बढी भाउ बढेको छ । १ सय १४ रुपैयाँमा विक्री गरिंदै आईरहेको दूध एकै पटक १६ रुपैँया बढाएर १ सय ३० पुर्याइएको छ । त्यस्तै, पहेँलो प्याकेटको गाई दूधमा एकै पटक १४ रुपैयाँ बढाएर प्रति लिटर १ सय १६ पुर्याइएको छ । त्यस्तै निलो प्याकेटमा विक्री गरिँदै आएको स्ट्यान्र्डर मिल्कमा ११ बाट वृद्धि गरी ९६ रुपियाँ र चिया दूधमा १० रुपैँया बढाएर ९० बनाइएको डिडिसीका बिक्रेता रामहरी शिलवाल बताउनुहुन्छ ।
यता, डिडिसीले विक्रि गर्दे आएको दूध बाहेकका अन्य दही, घिउ, पनिर, चिज, बटर, आईक्रिम, रसबरीलगाएतका दूधजन्य वस्तुहरुको मूल्य भने यथावतनै रहेको छ । अन्य दूधजन्य बस्तुहरुमा छलफलपछि मूल्य बढ्ने जनाइएको छ ।
यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम ६५ कायम गरिएको थियो ।
सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेकोले किसानले भने पुरानै मूल्यमा दूध बिक्री गर्ने संस्थानले जनाएको छ । यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि प्रतिलिटर १० रुपैयाँँ वृद्धि गरी ६५ दशमलव ५० पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ५६ दशमलव ४० पैसा थियो । यसअघि नै निजी डेरी संगठनहरुले दूधको मूल्य बढाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्