५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सिन्धुलीमा विवाह गर्नुअघि सिफारिस चाहिने


2.223k
Shares

सिन्धुली । सिन्धुलीकाे गोलन्जोर गाउपालिकमा विवाह गर्नुअघि वडा कार्यालयको सिफारिस पत्र पेस गर्नुपर्ने भएको छ ।

गोलन्जोर गाउपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुपूर्व वडा कार्यालयबाट उमेर प्रमाणित अर्थात विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने
व्यवस्थाको सुरुवात गरेको हो ।

सो गाउपालिका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा बसेको बैठकले बालविवाह न्यूनीकरणका लागि विवाह पूर्व वडा कार्यालयबाट योग्यताको सिफारिस लिनुपर्ने निर्णय गरेको जनाइएको छ ।

वालविवाह बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सो गाउपालिकाका प्रवक्ता रेगनराज थापाले बताउनु भयाे ।

सो अनुसार उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिकातथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत बञ्चित गर्ने निर्णय गरिएकाे पनि उहाँले बताउनु भयाे ।

नेपालको प्रचलित कानुनमा बिहेवारी बीसवर्ष पारी भन्ने गरिए पनि व्यवहारमा भने यो पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको र उमेर नपुग्दै विवाह गर्ने प्रचलन सिन्धुलीका ग्रामीण क्षेत्रमा अझै कायमै रहेको कारणले सो नियम लगाइएको हाे ।