४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


‘शिवमसँग उपहार टन्न’उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न


338
Shares

काठमाडौं । नेपालको अग्रणी दाबी गरिएको सिमेन्ट उद्योग शिवम् सिमेन्ट्सको “शिवम्सँग उपहार टन्न” उपहार योजनाको मेगा लक्की ड्र सम्पन्न भएको छ ।

कम्पनीले बिहीबार गरेको मेगा लक्की ड्रमा उपभोक्तातर्फ ३० जना र बिक्रेतातर्फ ३० जना गरी कूल ६० जना भाग्याशाली छनौट भएका हुन् ।

यस अन्तर्गत् उपभोक्तातर्फ ४७ तोला र बिक्रेतातर्फ पनि ४७ तोला सुन उपहार राखिएको थियो । यस अघि भएका मासिक लक्की ड्रबाट उपभोक्तातर्फ ६० जना तथा बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेताहरु छनौट भइसकेका कम्पनीले जनाएको छ ।

यसमध्ये ४ जोडीले थाइल्याण्ड भ्रमण, ८ जोडीले गोसाईकुण्ड हेली टुर, २० जोडीले माउण्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औंठी, १६ जनाले सुनको सिक्रीलगायतका उपहार जितिसकेका कम्पनीले जनाएको छ ।