२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

बैतडीमा भूकम्पकाे धक्का


481
Shares

बैतडी । बैतडीमा बिहीबार साँझ लगातार भूकम्पका दुई वटा पराकम्प गएका छन् ।

बिहीबार साँझ ६ बजेर २५ मिनेट जाँदा ३ दशमलव २ रेक्टर स्केलकाे पराकम्प गएकाे हाे । त्यस्तै, फेरी ६ बजेर २६ मिनेट जाँदा अर्काे ३ दशमलव ५ रेक्टर स्केलकाे पराकम्प गएकाे थियाे ।

दुवै पराकम्पको केन्द्रबिन्द बैतडीको शिखरपुर आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिनुभयो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूलाई केन्दबिन्दु बनाएर भूकम्प गइरहेको छ ।