
सिन्धुली । सिन्धुलीको पुष्पलाल मध्य पहाडी लोकमार्ग अवरूद्ध भएकाे छ ।
सडक पुलकाे निर्माण समयमै सम्पन्न नभएको भन्दै स्थानीयवासीले लोकमार्ग अवरुद्ध गरेका हुन्।फिक्कल गाउँपालिका-६ सोखुखोलामा निर्माणाधिन पुल निर्माण नहुँदा वर्षायाममा सवारीका साधनहरुको आवागमन बन्द रहेने भएपछि स्थानीयवासीले पुलको निर्माण सम्पन्न हुनुपर्ने माग राख्दै सडकमा आवागमन बन्द गराएका हुन् ।
स्थानीयले गरेको आवागमन अवरुद्धका कारण ओखलढुंगा, खोटाङ र उदयपुरबाट राजधानी काठमाडाैं लगायतका गन्तव्यमा पुग्ने सबै खाले सवारीका साधनहरु अवरुद्ध हुँदा यात्रुहरु बिचल्लीमा परेका हुन् । सोखुखोलामा पुल निर्माणको ठेक्का पाएको आत्रेय निर्माण सेवाले पेल निर्माणको काम सुचारु नगर्दा काम राकिएको हो ।
आन्दोलनरत स्थानीयवासीले सडक पुलको निर्माण सुचारु नगरेसम्म दैनिक रुपमा सडक अवरुद्ध गर्ने चेतावनी दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्