
ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यति बेला गुराँस ढकमक्क फुलेको छ ।
गत वर्ष झैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँसहरू फुलेको हुन् । यहाँको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा र चुली मन्दिर आसपासको डाँडाकटेरी लगायतका क्षेत्रमा बढी गुराँसहरू फुल्ने गर्छन् ।
गुराँस फुलेपछि यहाँका पहाडी डाँडापाखा सुन्दर र आकर्षक देखिन थालेका छन् । उचाइका आधारमा माघदेखि वैशाख महिनासम्मै यहाँ गुराँस फुल्ने गरेको छ । गुराँस फुल्दा यहाँका ग्रामीण बस्ती समेत सजिसजाउ देखिन थालेका छन् ।
पहाडी क्षेत्रमा फुल्ने गुराँसका धेरै प्रजाति यहाँ पाइए पनि यसको अध्ययन भने हुन सकेको छैन । गुराँस फुलेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटनको म्भावना भए पनि प्रचारप्रसारकाे अभावका कारण पर्यटकहरू पुग्न नसकेको खिजीदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्