
काठमाडौँ । नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएकाे छ ।
शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट अध्यक्ष ओलीले मतदान गर्नुभएकाे हाे ।
निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।
प्रतिक्रिया दिनुहोस्