
काठमाडौं । मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि जारी मतदानमा अहिलेसम्म ८०१ मत खसेकाे छ ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे २ बजेसम्म प्रदेशतर्फ ५१० र संघतर्फ २९१ मत गरी ८०१ मत खसेको हाे ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्