२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बलात्कारका अधिकांश घटना होटलमा


624
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा अधिकांश बलात्कारका घटना होटलमा हुने गरेको भेटिएको छ ।

पछिल्लो तीन महिनामा भएका अधिकांश बलात्कारका घटना होटलमा भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७९ मंसिर, पुस र माघमा उपत्यकाका ३ जिल्लामा ६१ वटा बलात्कारका घटना भएका छन् । तीमध्ये होटलको कोठामा ३१ वटा घटना भएका थिए ।

यस्तै, डेरावालाको कोठामा बलात्कारका १७ वटा र घर कोठामा ११ जना बलात्कृत भएका छन् । काठमाडौं उपत्यकामा मन्दिर र टहरामा पनि बलात्कार हुने गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

उपत्यकामा तीन महिनाको अवधिमा १८ वर्षसम्मका ३५ जना किशोरी बलात्कृत भएका छन् । यस्तै, १९ देखि २५ वर्षसम्मका १५ जना र २६ देखि ३५ वर्षसम्मका ९ जना युवती र ३६ देखि ४५ वर्ष उमेर समूहका दुई जना बलात्कृत भएका छन् ।

होटल र गेष्ट हाउसमा पैसा तिरेपछि सहज कोठा उपलब्ध हुने हुनाले अरोपितहरुको सहज सम्पर्क हुने गरेको प्रहरीको भनाइ छ ।