
काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताउनुभएको छ ।
शुक्रबार भैँसेपाटी र बालाजु, जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सरकार मुलुकभरका सडकलाई व्यवस्थित बनाउने गरी काम गरिरहेको बताउनुभएको हो ।
उहाँले सडक व्यवस्थित बनाउने अभियान अन्तर्गत नै भैँसेपाटी र बालाजु, जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण गरेको भन्दै कालोपत्र हुन बाँकी सडक चाँडै कालोपत्र गरिने प्रतिवद्धता जनाउनुभयो । उहाँले भैँसेपाटी र बालाजु, जोरपाटी र मुलपानी सडक निर्माणमा स्थानीय जग्गा मुआब्जा विवाद, खानेपानी निर्माण र अण्डरग्राउण्ड विद्युतको कारण समस्या रहेको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले चाँडै अदालत, अख्तियार, वन मन्त्रालयसँग छुट्टै सडक निर्माणमा रहेका समस्याका विषयमा छलफल गर्ने बताउनुभयो । उहाँले राज्यका सबै निकायले विकास निर्माणमा सहयोग गर्ने भएको भन्दै स्वायत्तता निकायको भुमिकालाई सरकारले हस्तक्षेप गर्न नसक्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यका र उपत्यका बाहिरका रुग्ण आयोजना निश्चित अवधिभित्र आयोजना सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले सडक निर्माण गर्दा कतिपय ठेकेदारको लापरबाही गर्दा निर्माण सम्पन्न नुहने तथा जग्गा मुआब्जा विवादको कारण सडक कालोपत्रे गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भैँसेपाटी र बालाजु, जोरपाटी र मुलपानी सडकमा विवाद कायम रहेको क्षेत्र छाडेर बाँकी रहेको खण्डमा कालोपत्र तत्काल गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्