
काठमाडौं । संघीय राजधानीको प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ ।
दरबार मार्ग सुनसान हुनुको मुख्य कारण लामो समयदेखि सडकको एकातर्फ सवारी पार्किङ हटाउनु प्रमुख कारण रहेको व्यापारीको भनाइ छ । दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ ।
विश्व ज्योती हल, अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर मात्र नहुने भन्दै उहाँले आधिकारिक तबरबाट पार्किङ तोकिनुपर्ने बताउनुभयो । कक्षपतिले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको गर्दै सञ्चार माध्यममा विकल्प दिएको छ भनेर प्रचार गरेको भरमा समस्या समाधान नहुने बताउनुभयो ।
पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको गुनासो गरेका व्यवसायीहरुले यसबाट सरकारको राजश्व समेत प्रभावित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्