
सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले सुरू गरेकाे हरिहरपुरगढीदेखि-सिन्धुलीगढीसम्मको पदयात्रा सम्पन्न भएकाे छ ।
सेनाको बर्दबहादुर गणले गत फागुन २६ गते सुरु गरेको हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढी किल्लासम्मको पदयात्रा सिन्धुलीगढीमा सम्पन्न गरिएको हो । सेनाले हरिहपुरगढी गाउँपालिका-१ मा पर्ने हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका-३ मा पर्ने ऐतिहासिक सिन्धुलीगढीसम्मको ७२ किलोमिटर लामो दूरीको एकीकरण पदयात्रा गरेको थियो ।
सेनाको राष्ट्रिय नीति तथा कार्यक्रममा नै एकीकरण पदयात्रा कार्यक्रम समावेश गरिएकाे छ । जस अन्तर्गत विगत केही वर्ष यतादेखि सेनाले पदयात्रा गर्दै आएको छ ।
पदयात्रामा निस्केको सेनाको टोलीले हरिहरपुरगढी किल्लाबाट सेपाहा, भदौरे, मधुवन, कोल्टार, टुनिभन्ज्यांङ, छरछरे, बन्दीपुर र नागी हुँदै सिन्धुलीगढीसम्मको ७२ किलोमिटर लामो दूरीको यात्रा पूरा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्