५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आर्थिक मन्दी भएपछि बैंकहरू टाट पल्टिन थाले


3.848k
Shares

काठमाडौं । आर्थिक मन्दीपछि बैंकिङ क्षेत्रमा देखिएको संकटले खराब वित्तीय स्थितिका कारण निक्षेपकर्ताले एकै पटक रकम झिकेकाे छ ।

जसका कारण अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएका हुन्। ठूला बैंकमा असर पर्दा समग्र अर्थतन्त्र नै प्रभावित हुन्छ भन्नेमा नेपाली बैंक सचेत हुन आवश्यक छ ।

नेपाल र अमेरिकाको डिपोजिटरी सिस्टम फरक फरक भएकाले यसको असर नेपालमा प्रत्यक्ष रुपमा नदेखिने भएपनि यसको मनोवैज्ञानिक असर भने देखिने विश्लेषण हुन थालेको छ । नेपालमा धेरै ठूलो साइज थोरै बैंक, धेरै बैंक साना साइज दुवै जोखिम हुने भएका छन् । कतै नेपालमा बैंकिङ क्षेत्रमा देखिएको तरलता संकट बढ्दो व्याजदरले व्यवसायी त्रसित भइरहेका बेला कतै ऋणीकै कारण बैंकमा समस्या देखिने त होइन ?

नेपालका निजी क्षेत्रका बैंकहरू धमाधम मर्ज हुँदै पछिल्लो समय २७ बाट २२ मा झरेका छन् । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरू मात्र नभइ इन्स्योरेन्स कम्पनीहरू पनि धमाधम मर्ज हुन थालेपछि सरकारी बैंकहरू पनि मर्ज भएर मजबुद बन्नु पर्ने बहस समेत सुरु भएको छ ।

सरकारी स्वामित्वमा रहेका बैंकलाई पूँजीगत आधार बढाउने, स्रोत साधन परिचालन गर्न क्षमता बढाउने विषयमा बहस हुन थालेको हो । राष्ट्र बैंक मात्रै ९९ दशमलव ९ प्रतिशत बोनस आउने नेपाली सरकारी बैंक हो जसमा नेपाल सरकारको पूर्ण स्वामित्व छ । नेपाल बैंक र कृषि विकास बैंकमा सरकारको अधिक सेयर भएपनि प्राइभेट बैंक जस्तै छ ।

पव्लिक सेयर धेरै भएको ३ बैंकको फरक फरक नेचर भएको र नेपाल सरकारका संस्थानले लगानी गरेको राष्ट्रिय बैंकको स्थिर सम्पत्ति धेरै भएको कारण मर्ज गरेमा घाटा हुने विश्लेषण गरिन्छ । मर्जले अर्थतन्त्रमा फाइदा नहुने समेत जानकार बताउँछन् ।

जति धेरै कम्पनी उत्ति धेरै प्रतिस्पर्धा हुने भएकाले सर्वसाधारणले फाइदा लिन सक्ने सम्भावना हुन्छ । यता राष्ट्र बैंक सरकारी बैंकको मर्जरको निर्णय बैंकको सञ्चालक समितिलगायत सरकारले गर्ने कुरा हो । मर्जमा जाँदा अनावश्यक खर्च, बजारको क्षेत्र र प्रतिस्पर्धी हेर्नुपर्ने राष्ट्र बैंकको तर्क छ ।

ठूलो बैंक हुँदैमा धराशायी नहुने भन्न नमिल्ने भएपनि बैंकको व्यवस्थापन प्रणाली, जोखिम लगानी र टेक्नोलोजीमा भर पर्ने हुन्छ । सरकारी बैंकको आकार ठूलो भएकाले बैंकलाई चुस्त दुरुस्त, आर्थिक मितव्ययी, उत्पादनशील क्षेत्रमा लगानी गर्ने, जोखिमयुक्त क्षेत्र पहिचान गर्ने आवश्यक छ । तर पनि कालान्तरमा गाभिनै हुँदैन भन्ने मान्यता नभएको अर्थविद् प्राध्यापक डा. चन्द्रमणि अधिकारी बताउनुहुन्छ ।

मर्जर बाध्य बनाउने नभएर बजारले स्वतन्त्र र स्वस्फूर्त रुपले एक आपसमा गाभिने विषय भएको राष्ट्र बैैकको तक छ । सोही अनुरुप राष्ट्र बैंकको दवावमै बाणिज्य बैंकहरु खुम्चिएका पनि छन् । पछिल्ला हप्तामा अमेरिकामा दुई वटा बैंक टाट पल्टिएपछि भने एकै क्षेत्रमा लगानी गर्दा जोखिम हुने भएकाले लगानीलाई विविधिकरण आवश्यक रहेको छ भन्ने ठूलो पाठ सिक्न सकिने अर्का अर्थविद् नरबहादुर थापाको तर्क छ ।

ठूला बैंकमा असर पर्दा समग्र अर्थतन्त्र नै प्रभावित हुन्छ भन्नेमा नेपाली बैंक सचेत हुन आवश्यक छ । तिर्न सक्ने अवस्थामा पनि ऋण नतिर्न र एक क्षेत्रलाई भनेर अर्कै प्रयोजनमा ऋण लिने प्रवृति नहटेसम्म बैंकिङ क्षेत्र प्रभावित हुने भएका छन् । ब्याजदर घटे पनि ठूला बैंकले अब कर्जामा भने कडाई गर्न आवश्यक रहेकाे छ ।