
बैतडी । बैतडीका दुई क्याम्पसमा आइतबार हुने स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव अनिश्चित भएको छ ।
जिल्लामा त्रिविबाट सम्बन्धन प्राप्त ६ क्याम्पस रहेपनि चार क्याम्पसमा आइतबार निर्वाचनको तयारी भएपनि दुई क्याम्पसमा विवादका कारण अनिश्चित भएको हो ।
यहाँको सिगास शिक्षा क्याम्पस, गाँजरी र बैतडी शिक्षा क्याम्पस शाहीलेकमा स्ववियु निर्वाचनका बिषयमा विवाद देखिएकोले अनिश्चित भएको हो ।
सिगास शिक्षा क्याम्पसमा मनोनयनको दिन नेविसंघको मात्रै मनोनयन परेको भन्दै अनेरास्ववियुले क्याम्पसलाई पत्र पठाएको थियो ।
मनोनयन अगाडी नेविसंघ र अनेरास्ववियुबीच सहमती भएको र पछि आएर कुरा नमिल्दा निर्वाचन अनिश्चित भएको सिगास शिक्षा क्याम्पसका प्रमुख राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्