५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


कारगेटबिना नै राष्ट्रपति पुगे कुमारी घरको दर्शन गर्न


1.859k
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुग्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नु भएको हो । कारगेटविना उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभएका थियो ।

त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीले रोक्ने काम गरेका थिएनन् । राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेट विना नै सवार हुनुभएको हो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो । उहाँ गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुुनु भएको थियो ।

यसैबीच, राष्ट्रपति पौडेलले सडक खाली नगरी यात्रा गरेपछि उहाँको प्रशंशा सुरु भएको छ । राष्ट्रपतिको यात्रामा सडक खाली गराउने परम्पराबाट आजित नागरिक सामान्य सुरक्षामा राष्ट्रपतिको सवारीलाई सकारात्मक कदमको रुपमा लिएका छन् ।