Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


छोरीको जन्मदिनमा पत्रकार मैनालीले बाँडे गुरुकुलमा शैक्षिक सामग्री


2.5k
Shares

सर्लाही । रेडियो एकताका व्यवस्थापक प्रकाश मैनालीले आफ्नी छोरी अस्मी मैनालीको जन्मदिनमा आज लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलम डुमडुमेमा शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

ईश्वरपुर नगरपालिका–७, बयलवास निवासी इमेज टेलिभिजन र हिमालयन टाइम्सका जिल्ला संवाददाता, पत्रकार महासंघ सर्लाहीका सदस्य र उज्यालो अभियान दैनिकका सदस्य पत्रकार मैनालीले छोरीको जन्मदिनको अवसर पारेर दिउँसो गुरुकुलमका बटुकहरुलाई कापी र कलम वितरण गर्नुभएको हो ।

छोरी अस्मी ९ वर्ष पूरा भई १० वर्षमा प्रवेश गरेको अवसरमा सामाजिक सेवा अन्तर्गत सँस्कृत अध्ययनका लागि गुरुकुलममा बस्दै आएका बटुकहरुलाई अध्ययनमा थोरै भएपनि टेवा पुगोस भनेर शैक्षिक सामग्री प्रदान गरेको पत्रकार मैनालीले बताउनुभयो ।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा सामुदायिक रेडियो एकताका अध्यक्ष गोविन्द महत, जनज्योति बुहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारी, नेपाल किसान महासंघ सर्लाहीका अध्यक्ष विष्णुमणि घिमिरे, गुरुकुलुमका अध्यक्ष माधव खरेल, गुरुकुलमका प्राचार्य अच्यूतम प्रसाद दाहाल, विद्यार्थी नेता युवराज देवकोटा, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।