९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छः मन्त्री खान


325
Shares

काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ ।

जनमत पार्टी नेपालगञ्ज उपमहानगर कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री खानले नागरिकले स्वच्छ खानेपानी पिउन पाउने अधिकार संविधानमै व्यवस्था भएकाले यसतर्फ सचेत हुँदै मन्त्रालयले अनवरतरूपमा काम गरिरहेको दाबी गर्नुभयो ।

“स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक भएको संविधानमै व्यवस्था छ”, उहाँले भन्नुभयो, “यो जनताको मौलिक हक भएकाले म यसका लागि अनवरतरूपमा काम गर्दैछु ।”

खानेपानी मन्त्रालयअन्तर्गतका निकायले राजनीतिकरण नगरी जनतालाई सहज तरिकाले घर–घरमा स्वच्छ खानेपानी पु¥याउने कार्यमा दत्तचित्त भएर लाग्न मन्त्री खानले निर्देशनसमेत दिनुभयो ।

नेपालका खोलानालाबाट ‘मिनरलयुक्त’ स्वच्छ पानी त्यसै बगिरहेकाले त्यसलाई उपयोग गरेर देशको आर्थिक समृद्धिमा खानेपानीले योगदान दिन सक्ने उहाँको भनाइ छ ।

‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकाले त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा देशको आर्थिक समृद्धिमा पानीले योगदान दिन सक्ने मन्त्री खानले उल्लेख गर्नुभयो ।

“हाम्रो देशभित्र यति धेरै नदी र झरनाबाट पानी बगिरहेको छ, केही गर्न नसके पनि खाडी मुलुकमा मात्रै नेपालको पानी निर्यात गर्न सक्यौँ भने हाम्रो देशको हितमा धेरै ठूलो योगदान हुनसक्छ”, मन्त्री खानले भन्नुभयो ।