५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सत्यनिरुपणसम्बन्धी विधेयकमा एमाले आपत्ति


884
Shares

काठमाडाैं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताउनुभयो ।

विधेयकलाई टुंगोमा पुर्‍याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै संसद्बाट हतारका साथ पारित गरेर जान नहुने बताउनुभयो ।

प्रमुख सचेतक गिरीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा नियमावली पेस गर्ने सहमति भएको भन्दै उहाँले बैठकमा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताउनुभयो ।