
काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषयवस्तु नरहेको बताउनुभएको छ ।
आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभएर राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
बैठकमा संसद्लाई बढीभन्दा बढी बिजनेस दिनुपर्ने कुरामा छलफल भएको बताउँदै उहाँले आइतबार बस्ने संसद्को बैठकमा बेपत्ता, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक, संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक प्रस्तुत हुने बताउनुभयो ।
प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोहीअनुसार गठबन्धन अघि बढ्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्