१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रूसी राष्ट्रपति पुटिन युक्रेनको युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा


2.691k
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आइतबार युक्रेनको दोनेत्स्क क्षेत्रको भ्रमणमा पुग्नु भएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ आदेश जारी गरेको भोलि पल्ट शनिबार क्राइमिया पुग्नु भएका पुटिन आइतबार युद्धग्रस्त दोनेत्स्क क्षेत्रमा पुग्नु भएको हो । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ कार्यक्रममा सहभागी भएपछि उहाँ दोनेत्स्क क्षेत्रको भ्रमणमा जानु भएको हो ।

पुटिन क्राइमियाबाट हेलिकाेप्टर मार्फत युक्रेनको मारियुपाेल शहरमा पुग्नु भएको हो । दोनेत्स्क क्षेत्र अहिले रुसी सेनाको नियन्त्रणमा रहेको छ । मारियुपाेलमा पुटिनले आफैं कार चलाउँदै विभिन्न स्थानको भ्रमण गर्नुभएको र बीच-बीचमा राकेर स्थानीयहरुसँग कुरा समेत गर्नुभएको क्रेमलिनलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।

क्राइमिया भ्रमणका क्रममा उहाँले कृष्णसागरस्थित बन्दरगाहको निरीक्षण समेत गर्नुभएको थियो । नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत शुक्रबार युक्रेनमा युद्ध अपराध गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ आदेश जारी गरेको थियो ।

आईसीसीको पक्राउ आदेशलाई रुसले अर्थहीन भन्दै बेवास्ता गरेको छ ।