
web pic
पाल्पा । पाल्पााको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको हो ।
आइतबार बिहान सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्वरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो ।
बाटोमा हिडिरहेका उनलाई टिपरले ठक्कर दिदाँ घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो । टिपर र टिपर चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्