२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाईसकेका छन् : मोहन बैद्य


1.482k
Shares

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाईसकेको दावी गर्नु भएको छ ।

राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अव विश्वास गर्ने ठाउँ नरहेको उहाँको जिकीर थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव बैद्यले ओलीलाई खत्तम पार्छू भनेर लाग्ने, फेरी ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री प्रचण्डले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाउनु भयो ।

उहाँले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

महासचिव बैद्यले वर्तमान राज्यसत्ता संचालनका लागि काँग्रेस असफल भईसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताउनु भयो । उहाँले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढने अवस्था नरहेको समेत बताउनु भयो ।