२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


ललितपर महानगरपालिका र सदर चिडियाखानाबीच आहार ब्यवस्थापन सम्बन्धमा समझदारी


104
Shares

काठमाडाैं । ललितपर महानगरपालिका र राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना बीच पाटेबाघको आहार ब्यवस्थापन सम्बन्धमा समझदारी भएको छ ।

समझदारी पत्रमा ललितपुर महानगरपालिकाका मेयर र सदर चिडियाखानाका अधिकारीहरुले हस्ताक्षर गरेका थिए ।

आहार ब्यवस्थापनका लागि महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सदर चिडियाखानालाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

उक्त रकम महानगरले चिडियाखानामा रहेको रोयल बङ्गाल टाइगर महाराजा नामको पाटे बाघको आहारा ब्यवस्थापनको लागि उपलब्ध गराएको हो । कोभिड महामारीको समयमा पनि महानगरले चिडियाखानालाई १० लाख रुपैयाँ सहयोग गरेको थियो ।