
सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ।
सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सीताकुमारी आचार्यले १ सय ७३ मत प्राप्त गर्नुभएकाे हाे । सचिवमा प्रकाश राईले २ सय ४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँ प्रतिस्पर्धी उत्तरकुमार राईले २ सय ४ मत प्राप्त गरेको नेपाल शिक्षक संघले जनाएको छ ।
त्यस्तै, खुला उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्तकुमार बस्नेत निर्वाचित भएका छन् । सहसचिवहरू तथा सदस्यहरु सबै निर्विरोध निर्वाचित भएको जनाइएकाे छ । अधिवेशनले १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ ।
शिक्षक संघ सोलुका ७ सय २ जना सदस्य मध्ये ४ सय ६७ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि सहमति हुन नसक्दा अन्ततः निर्वाचन भएको हो ।
नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने नेपाल शिक्षक संघ सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्