२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रवि लामिछानेलाई राहदानी प्रकरणमा उन्मुक्ति दिने संभावन बढ्यो


1.638k
Shares

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोग प्रकरणमा उन्मुक्ति दिने संभावना बढेको छ ।

स्राेतका अनुसार अमेरिकी नागरिकता र राहदानी बहाल रहेकै बेला नेपाली राहदानी लिएका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेपछि उन्मुक्तिकाे संभावना बढेको हो ।

अमेरिकी नागरिकता लिएपछि स्वतः निस्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

तर, सरकारी वकिलको कार्यालय काठमाडौंले अमेरिकी नागरिकता र राहदानी नत्यागी नेपाली राहदानी लिएको देखिए पनि लामिछानेबाट त्यसको दुरुपयोग नभएको बहानमा लामिछानेविरुद्ध मुद्धा चलाउन नमिल्ने भन्दै उच्च सरकारी वकिलको कार्यालयमा फाइल पठाउने भएको हो ।

उच्च सरकारी वकिल कार्यालयले सदर गरेमा उक्त फाइल महान्यायधिवक्ता कार्यालय पठाएर लामिछानेलाई सफाइ दिइने छ । उच्च सरकारी वकिल कार्यालयलाई मुद्दा चलाउनुपर्ने लागेमा भने जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिन सक्नेछ ।

प्रहरीले गत फागुन ३० गते राहदानी दुरुपयोग सम्बन्धी अनुसन्धान सिध्याएर सरकारी वकिलको कार्यालयलाई राय सहितको प्रतिवेदन दिएको थियो ।