५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


किन काटियो प्राचिन मूर्तिहरुकाे टाउको ?


27.677k
Shares

काठमाडाैं । नेपाल मूर्ति नै मूतिको देशको उपमाले विश्वभर परिचित छ । यहाँ रहेको धेरै मठमन्दिर, विहार र विभिन्न देवदेवीका मूर्तिहरु लिच्छवीकालअघि देखि नै स्थापित भएका प्रामाणिक आधार छन् ।

काठमाडौंको पुण्यश्वर महादेव चोकमा रहेका सबै मूर्तिका टाउको काटिएको छ । काटिएका मूर्तिबारे आआफ्नै किसिमका व्याख्या छन्।

मानव सभ्यताको विकास सँगसँगै विभिन्न देवदेवीको परिकल्पना गरियो । पछि विभिन्न ग्रन्थको सृजनासँगै विभिन्न देवदेवी मूर्ति पनि स्थापना भए । मुख्य रुपमा बौद्ध, शैव, शाक्त र वैष्णव धर्मसँग सम्बन्धित देव देवीहरुको मूर्तिहरु स्थापना भएका छन् ।

भगवानप्रतिको आस्था र विश्वासलाई तिनै मूर्तिको माध्यमबाट भक्तजनले पूजा अर्चना गर्दै आएका छन् । पुस्तौ देखिको यही आस्थामा भगवानको मूर्ति खिइँदै जाँदा पनि त्यो विश्वास डगमगाएको छैन् । यसको एउटा ज्वलन्त उदारहण हो काठमाडौं वडा नं २३ हुस्सु गणेश मन्दिर नजिक चोकमा रहेका प्राचिन तारा, लोकेश्वर लगायतका मूर्तिहरु ।

जहाँ सबै मूर्तिको टाउको काटिएको छ भने मूर्ति टुटफुट अवस्थामा रहेको छ । पुण्यश्वर महादेवको मन्दिर पनि रहेको चोकको नाम समेत गुमनाम भइसकेको छ । अहिले चोकको नयाँ नाम सिद्धिचरण चोक बनेको छ । के कति कारणले मूर्तिका टाउको काटिएको हो थाहा छैन । स्थानीय समेत यस विषयमा आआफ्नै अनुभव सुनाउँछन् ।

यदि यी मूर्तिहरु १४ औं शताब्दी अगाडिका हुन भने विक्रम संवत १४ सय ६ मा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंमा आक्रमण गर्दा तोडफोड गरि टाउको काटेको हुनसक्ने अनुमान गर्न सकिन्छ । स्थानीय रविचरण श्रेष्ठ मूर्तिका टाउको काटेका सम्बन्धमा अनुसन्धान गरेर यसको संरक्षण हुनुपर्ने बताउनुहुन्छ ।

अहिले मूर्तिहरुको चोरीको घटना बृद्धि भएको कारण मूर्तिको सुरक्षा गर्न माग गर्दे तत्काल सीसी क्यामेराको व्यवस्था गर्न स्थानीय प्रेमकृष्ण शाहीले ध्यानाकर्षण गराउनु भयाे । यी मूर्तिहरुको अनुसन्धान हुनसके इतिहासको गर्भमा लुकेको थप तथ्य प्रकासमा आउने निश्चित छ ।