१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ घाइते


403
Shares

कैलाली । कैलाली जिल्लामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा सोमबार राति ट्याक्टर दुर्घटना भएको हो ।

बर्दगोरिया गाउँपालिका–६ सुगरखालमा पास्नी भोज खाएर भजनी नगरपालिका–९ कुणीतर्फ फर्किने क्रममा दुर्घटना भएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भजनी–९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् ।

दुर्घटनापछि घोडाघोडी अस्पताल पुर्‍याए पिन उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि ट्याक्टरका चालक सुरज चौधरी फरार भएको र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको पनि प्रहरीले जनाएको छ ।