
म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ ।
पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् । पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुर्याएको कृषकहरूले बताएका छन् ।
यसअघि गत शनिबर पनि भकिम्ली र चिनाखेतमा असिना परेको थियो । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौं र उवा लगायतका घरमा भित्र्याउने बेला भएकाे हिउँदे बालीमा असिनाले क्षति गरेको हो ।
भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो र घिरौला लगायतका तरकारी बालीका विरुवामा समेत क्षति पुगेको चिनाखेतका कृषक श्याम पुनले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्