२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाल्पामा वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सम्पन्न


117
Shares

पाल्पा । वन डढेलो नियन्त्रण गर्न पाल्पामा सप्ता हव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

पाल्पामा विगतका वर्ष डढेलो लाग्ने वन क्षेत्रमा सरसफाईका साथै चेतनामूलक र्‍याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे थियाे । यस वर्ष पनि यहि चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो ।

पाल्पामा वन डढेलो ९६ प्रतिशत मानवीय कारणबाट हुने गरेको छ । जिल्ला वन कार्यालय पाल्पाले वन डढेलो लागेमा तत्काल नियन्त्रण गर्न उपकरणसहितको द्रुत परिचालन फोर्स समेत बनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा पाल्पाका ७१ स्थानमा वन डढेलो लागेको थियो । यस वर्ष लामो समयसम्म वर्षा नभएकाले डढेलो लागेमा ठूलो दुर्घटना हुन सक्ने भन्दै नागरिक र सरोकारवाला क्रियाशील रहनुपर्ने जिल्ला वन अधिकृत नारायण देव भट्टराईले बताउनुभयो ।

पाल्पामा ७ सय ४ सामुदायिक वनहरु रहेका छन् ।