
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा चितुवाको विगविगी बढेपछि स्थानीय किसानहरु आफ्ना घरपालुवा पशुपंक्षीको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
दैनिक रात चितुवाले गोठमै आएर गाई भैंसी, बाच्छा बाच्छी र खसी बोका जस्ता पशु चौपाया मार्न थालेपछि स्थानीयहरू चिन्तित बनेका हुन् । एक हप्ताको अवधिमा एक दर्जन भन्दा बढी चौपाया चितुवाले मारेको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले बताउनुभयाे ।
महाभारत जंगलमा रहेको चितुवाले वडा नम्बर ३ को निगुरे, भष्मे, चनौटे, सिलामे र खोर्सानी भन्ज्याङका स्थानीय किसानको चौपाया चितुवाले मारेको स्थानीयवासीले बताएका छन् । चितुवाले एकै रातमा स्थानीय हरिबहादुर सुनुवारका दुई वटा गोरु र एउटा गाई मारेको छ ।
पशुपंक्षी मार्दै आएको चितुवाले मान्छेमाथि पनि आक्रमण गर्न सक्ने भएकाले दिउँसै चितुवा आउने डरले गाई वस्तु फुकाएर चरणमा लैजान समेत बन्द गरिएको छ । सरकारी सम्बन्धित निकाय वन डिभिजनले निकुञ्जबाट कर्मचारी बोलाएर चितुवा नियन्त्रणमा लिनु पर्ने स्थानीयवािट्लेठ माग गरेका छन् ।
सिन्धुलीको छिमेकी जिल्ला ओखलढुगा र रामेछापको जंगलमा डढेलो लागेकाले चितुवा सिन्धुलीतर्फ छिरेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्