३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


मन्त्रिमण्डल विस्तारसँगै सरकारले गति लिने : सभामुख घिमिरे


1.534k
Shares

झापा । सभामुख देवराज घिमिरेले सरकारले नयाँ रुप लिएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा मेहरमान स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सभामुख घिमिरेले यो सरकारले नयाँ रुप लिइसकेको र अब मन्त्रिमण्डल विस्तारसँगै गति लिने बताउनुभएको हो ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सामेल छैनन् उहाँले भन्नुभयो । सरकार बनाउने दलले सबैलाई मिलाएर लानेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु भएसँगै यो सरकारलाई कसरी बलियो बनाएर लान सकिन्छ त्यस तर्फ सोच्न जरुरी रहेको उहाँको भनाई छ ।