१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष विष्ट


2.093k
Shares

काठमाडाैं । देशैभर स्थानीय तह निर्वाचन सकिएको १० महिना बितिसकेकाे छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका छन् ।

बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा जनप्रतिनिधिकाे रूपमा कलम बहादुर विष्ट वि.सं. २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष भएकाे छ ।

विष्ट नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास थियो । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएकाे १० महिना बितिसकेकाे छ ।

गाउँ-गाउँमा सिंहदरबारको नारा विकासले वडाकाे मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा विष्ट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

अघिल्लो पटकभन्दा यस पटक सब वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् । साेही क्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम बहादुर विष्टसँग गरेकाे कुराकानी सम्पादित अश:

तपाईं चुनाव जितेर आएको १० महिना भएको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएकाे छ ?

मैले ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ भित्र थुप्रै समस्या देखेको छु । स्वास्थ्य, शिक्षा, जंगली जनावरको आतंकलगायतका क्षेत्रमा ठूलो समस्या छ । बेरोजगारीका साथै बालबालिका र गर्भवतिलाई स्वास्थ्य सेवा प्रयाप्त मात्रमा छैन ।

खानेपानीको समस्या छ । सरसफाईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नपर्ने छ । मैले यी समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।

तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएकाे छ ?

जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु । मेरो कार्यकालमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई कृषि उत्पादमा जोडेर व्यवसायीकरणमा प्रेरित गर्ने छु । कृषिमा जोड दिदैं खेतीतर्फ आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।

त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु । मानिस उद्यमशीलतामा लागे वडाको विकास हुनेमा म विश्वस्त छु। यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा भारत र खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा शिक्षा, स्वास्थ्य लगायतकाे क्षेत्रमा निकै पछि रहेको भन्नु भएकाे छ, ती समस्यालाई कसरी सम्बाेधन गर्नुहुन्छ ?

ठाकुरबाबा नगरपालिको वडा नम्बर ७ मा शिक्षा र स्वस्थ्यमा म निकै गम्भीर छु । मावि विद्यालयमा शैक्षिक भवन बनाएको तथा शैक्षिक क्षेत्रमा लगानी गरेको हुनाले वडामा शैक्षिक क्षेत्रमा सुधार हुने आशा पलाएकाे छ ।

गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाएका छाैँ । भर्खरै निर्वाचित भएर आएका छौं । हामी कहाँ-कहाँ कमजोर रहेछौं त्यसको पहिचान गर्दै ती समस्यालाई सम्बाेधन गर्दै अगाडि बढ्ने छाैँ।

सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य चौकी छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्नेछौं ।

केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।

स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?

तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।

भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।

भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।

त्यसो भए भ्रष्टाचाररहित वडा बनाउन सक्नेमा विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । कर्मचारीहरूलाई सुशासनको कुरा र अनुसासीत बनाउँने कुरामा प्रतिबद्ध छु । योजना निर्माणका कुराको सवालमा जनताको बीचमा योजना लगेर जनमुखी र पारदर्शी बनाउने छु ।

तपाईं निर्वाचित भइसकेपछि जनताले तपाईंप्रति राखेका अपेक्षा के-कस्ता छन्?

जनताका अपेक्षा असिमित रहेका छन् । जनताको प्रमुख आवश्यकता भनेको स्वास्थ्य, शिक्षा र रोजगारी नै हो । हाम्रा तमाम युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ ।

त्यसका बाबजुद पनि उहाँहरूले विदेशबाट आएर आफ्नो ठाउँको विकासका लागि मलाई अमूल्य मत दिएर विजयी गराउनु भएको छ ।

यो कुरामा म गम्भीर र सधैँ सचेत रहने छु । यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ मेरो प्रयास रहने छ । व्यावसायिक कृषि पालनमा युवालाई आकर्षित गरेर रोजगारीको सिर्जना गर्ने हाम्रो योजना छ । यसले युवालाई देशमै स्वरोजगार बनाउनेमा म विश्वस्त छु ।

तपाईंलाई काम गर्न वडामा कुनै कानुनी अड्चक छन् ? पालिका सरकारबाट के भइदियोस् भनेर चाहनु हुन्छ ?

म २०७४ सालमा निर्वाचित वडा सदस्यमा रहेर काम गरेको हुनाले पनि धेरै काम गर्न सहज भएको छ । केही संवैधानिक कठिनाइहरू पनि छन्। जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं ।

त्यस्ता जटिलताबाट बच्न विवेक प्रयोग गर्दै प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा हामीअघि बढ्ने छौं । कानुनी अड्चनलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं।

तपाईंको वडामा कर्मचारीको अभाव छ ?

हाम्रो वडाामा निजामति कर्मचारीको समस्या छ । एक जना कार्यलय सहयोगी र सचिव हुनुहुन्छ । अझैँ हामीले कतिपय क्षेत्रमा कर्मचारीहरूको अभाव भोगिरहेका छौं।

जसले गर्दा सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनौं । पालिकाले कर्मचारी पठाउने जानाएको छ । अघिल्लो कार्यकालका साथीहरूले पनि यो समस्या भोग्नु भएको हो।

यो समस्या समाधानका लागि केन्द्र सरकारको ध्यान चाँडै पुग्नेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा, हामी सबैका साझा प्रयासले मात्रै वडाकाे विकास सम्भव हुने हो । त्यसैले विभिन्न राजनीतिक दल, जनता र कर्मचारीको साथ पाउनेमा म विश्वस्त छु।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?

स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी निमुखाको पनि कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं। समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं ।

प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना वडा नम्बर ७ लाई समृद्ध र सुन्दर वडा बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

अन्त्यमा समग्र वडाबासीलाई के भन्न चाहानुहुन्छ ?

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडाबासीप्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । सम्पुर्ण वडाबासीलाई वडामा समेटेर उहाँहरुको मनोभावना बुझेर सोही अनुरुप काम इमान्दारिताका साथ लागी परिरहने चौबिसै घण्टा वडाबासीका समस्याकाे समाधानमा लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु।

जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडि विकास गर्दै लगिने वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

अन्तमा म पुन: के भन्छु भन्दा खेरी हामी जनप्रतिनिधि वडाको समस्या समाधान गर्दै सुन्दर गाउँ निर्माणमा लागेका छौं । यो कार्यमा जनताको भरपुर साथ सहयोगको अपेक्षा गरेका छौं । वडाको काममा साथ दिनुहोला । कमि—कमजाेरी औंल्याई दिनुहोला । नविन ऊर्जाका साथ काम गर्ने छु । यही भन्न चाहन्छु । धन्यबाद

वडामा जम्मा बजेट ४९ लाख ६९ हजार रहेकाे छ । धेरै बजेट निकासा भएकाे शिर्षक शिक्षा, जसमा १२ लाख बजेट निकासा भएकाे वडा नम्बर ७ का वडा सचिव लोकेन्द्र बहादुर साउँदले जानकारी दिनुभयाे ।