
अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न लघुवित्त संस्थाहरूले आफूहरूलाई कुटपिट गरेर दु:ख दिएको भन्दै ऋणीहरुले गुनासाे गरेका छन् ।
उनीहरूले संस्थाहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल समक्ष लघुवित्तयका प्रतिनिधि जुटाएर आफ्ना गुनासाे समेत राखेका हुन् । कोभिड-१९ पछि आफूहरुले समयमै ऋण तिर्न नसकेपछि लघुवित्त संस्थाहरुले जिउँदो मानिसलाई समेत मृत्यु दर्ता माग्ने, कुटपिट गर्ने, किस्ता पूरा तिरेर पनि नतिरेको देखाउने र चर्के ब्याजदर अशुली गर्ने गरेको उनीहरुले बताएका छन् ।
विशेष गरी शितगंगा नगरपालिकाभित्र रहेका सूर्यदय लघुवित्त, गोलबल लघुवित्त, मेरो माक्रो फाइन र आरम्भ लघुवित्त लगायका लघुवित्तहरुले आफूहरुलाई यस्तो दु:ख दिएको पीडितको भनाइ छ । प्रमुख अर्यालले ऋण लिएपछि तिर्नुपर्छ यो स्वभाविक हो । तर विभिन्न यातना सास्ती र नागरिकको जीवनमा प्रत्यक्ष असर पार्ने गरिने व्यवहार सही नहुने यसो गरेमा कानूनी कारबाही गरिने बताउनुभयो ।
लक्ष्य र उदेश्यको ठोस किटान नहुँदा सेवाग्राहीलाई दु:ख भएको बताउदै आफूहरुले यस बारेमा थप अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । यता विभिन्न लघुवित्त संस्थाबाट प्रतिनिधित्व गर्ने कर्मचारीहरूले भने आफूहरुको संस्थाहरुले समन्वयकारी भूमिकाले काम गर्दै आएको दावी गरेका छन् ।
तर ऋणीहरूले भने विभिन्न आरोप लगाउने गरेको कर्मचारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्