२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


भरतपुर क्लब जीतपुर सिमरा गोल्डकपकाे क्वाटर फाइनलमा प्रवेश

आज वीरगञ्ज र बागमतीबीच प्रतिस्पर्धा हुने

871
Shares

बारा । बाराकाे सिमरामा बिहीबार साँझदेखि सुरु भएको १३ औं संस्करणको जगदम्बा जीतपुर सिमरा गोल्डकपको भरतपुर फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आयोजक नव–जनजागृती युवाक्लबलाई ३–१ को अन्तरले पछ्याउँदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । सुरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काए पनि आयोजक टिम घरेलु मैदानमा प्रतियोगिताबाट बाहिरिएकाे हाे ।

भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्रीको गोलबाट अग्रता बनाएकाे थियाे । आकाश थापा मगरको क्रसबललाई सदुपयोग गर्दै भिष्मले टिमलाई अग्रता दिलाएका थिए । सुरुवाती दवाव झेलेको आयोजकले खेलको ३३ औं मिनटमा बराबरी गोलको अवसर बनाएकाे हाे ।

त्यसको केही मिनेटमै भरतपुरले सिमरा विरुद्ध पेनाल्टीको अवसर पाएकाे थियाे । आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनिल श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

उनले १० हजार नगदसहित ट्रफि प्राप्त गरेका छन् । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफदि म्याच प्रदान गरेका हुन् । शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती युवा क्लब सर्लाहीबीच खेल हुने भएकाे छ ।