२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाँसका सामग्रीबाट ओखलढुंगाका स्थानीय जीविकाेपार्जन गर्दै


299
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको चुप्लु र डाँडाखर्क गाउँका स्थानीयवासीहरुले बाँसबाट विभिन्न किसिमका सामग्री बनाएर गरेर जीविकाेपार्जन गर्दै आएका छन् ।

यी दुवै गाउँमा रहेका राई र शेर्पा समुदायले पुर्ख्यौली पेशाकै रुपमा बाँसबाट विभिन्न प्रयोजनका सामग्री तयार गरेर जीविकाेपार्जन गरेका हुन् । फुर्सदको समयमा समेत बुन्न सकिने र स्थानीय बजारमा तुरुन्तै बिक्री गर्न सकिने भएकाले नाङ्लो, डोको, डालाे र थुन्चे लगायतका सामग्री बुन्ने काममा यहाँका स्थानीयहरु आकर्षित भएका छन् ।

यी दुवै गाउँमा बढी मात्रामा नाङ्लो उत्पादन हुने गरेको छ । प्रति गोटा ३ सय रुपैयाँमा बिक्री हुने नाङ्लो एक हप्तामै करिब ३ सय वटा उत्पादन हुने गरेको स्थानीय अहिमान सिंह राईले बताउनुभयो । यहाँका ५ दर्जन भन्दा बढी स्थानीय नाङ्लो बुन्ने पेशामा आवद्ध रहेका छन् ।

यहाँ उत्पादित नाङ्लो व्यापारी मार्फत सोलुखुम्बु, उदयपुर र खोटाङमा समेत लगेर बेच्ने गरिंदै आएको छ। अन्य बाँसका सामग्रीहरू भने स्थानीय हाट बजारमै बिक्री हुने गरेका छन् ।