
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टी एक्लै आगामी आमनिर्वाचनमा लड्ने बताउनुभएकाे छ ।
शनिबार कांग्रेस क्षेत्रीय समितिले बुटवलकाे भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
अहिले नेपाली कांग्रेसलाई जराबाटै मजबुद बनाउनुपर्छ र २०८४ सालमा जति वटा मोर्चा बने पनि कांग्रेस एक्लै निर्वाचनमा लड्नुपर्ने उहाँकाे भनाइ थियाे । ८ लाख पार्टी सदस्य भएको र ३ सय स्थानीय सरकारको नेतृत्व गरिरहेको ठूलो पार्टी आगामी निर्वाचनमा अन्य पार्टीलाई मत दिन नपरोस् भन्ने गरी अघि बढ्नुपर्ने उहाँकाे तर्क छ ।
तत्कालीन नेकपा विभाजन र संसद विघटनले गठबन्धनको संस्कृति निर्माण गरेको उहाँले बताउनुभयाे । केही दिनभित्रमा मन्त्रीमण्डलले पूर्णता पाउने पनि महामन्त्री थापाले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्