१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


अमेरिकाको मिसिसिपीमा भूमरीमा परी २६ जनाको मृत्यु, दर्जनौं घाइते


104
Shares

एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा आएको शक्तिशाली भूमरीमा परी करिब २६ जनाको मृत्यु भएको छ ।

मिसिसिपी राज्यमा २५ जना र अलाबामा राज्यमा थप एक जनाको मृत्यु भएकाे हाे । मिसिसिपी राज्यका केही साना बस्तीहरु भूमरीले पुरै उजाडिएका छन् । आवासीय तथा कार्यालय भवन, बिजुलीकाे लाइन तथा सडकमा रोकिराखेका कारहरु भूमरीले बढारेका थिए ।

भूमरीमाका कारण भत्किएका भवनको भग्नावशेषमा अझै केही मानिस फसेको अनुमान छ । मिसिसिपी राज्यका गभर्नर ताते रिभेजले आपत्काल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीब्र बनाउनुभएको छ ।