
एजेन्सी । भारतीय अन्तरीक्ष संस्था इसरोले ३६ वटा स्याटलाइटसहितको एलभीएभ थ्री रकेट प्रक्षेपण गरेको छ ।
इसरोले आन्द्र प्रदेशको श्रीहरिकोटस्थित केन्द्रबाट आइतबार बिहान उक्त रकेट प्रक्षेपण गरेको हो । इस्रोले प्रक्षेपण गरेका रकेट मध्ये अहिलेसम्मकै सबै भन्दा भारी रहेको छ । यो स्याटलाइटको वजन ६ सय ४३ टन रहेको छ भने लम्बाई साढे ४३ मिटर रहेको छ ।
रकेटले बोकेका ३६ वटा वानवेब स्याटलाइट विश्व सञ्चार सम्पर्कका लागि महत्वपूर्ण हुने मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्