
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताउनुभएको छ ।
नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ मठ परिसरमा आइतबार आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयाे । उहाँले बीचबीचमा मनमोटावको वातावरण रहेपनि दुई देशबीच खुल्ला सीमानाका कारण दुवै देशका नागरिकलाई फाईदा भइरहेको बताउनुभयो ।
लाेकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि चलिआएको बताउँनुभएकाे छ । आगामी दिनमा पनि यस सम्बन्धले जनस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
साेही कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्रप्रसाद यादव, भारतीय वाणिज्य दूतावास वीरगञ्जका प्रमुख नितिस कुमार, एकीकृत समाजवादीका नेता रेवन्त झा लगायतले दुई देशबीचको सम्बन्धकाे बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्