
काठमाडौं । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले नागरिकमैत्री काम गर्ने कुराबाट सरकार चुक्नु नहुने बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारलाई यो वा त्यो बहानामा चुक्ने छुट नरहेको बताउनुभयो । सरकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर जनमुखी काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले केही दिनअघि विद्यार्थीहरुले आफ्नो कपडामा अब खाडीमा भेटौंला भन्नेजस्ता शब्द राख्नु भनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नरहेको स्पष्ट भएको बताउनुभयो ।
उहाँले युवाले हाम्रो देशमा हाम्रो भविष्य छैन भन्ने सन्देश दिनुभनेको सरकारप्रति बालबालिकाहरुको भरोसा नहुनु रहेकोले सरकारले बेलैमा यी समस्याको सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सांसद देवकोटाले नागरिकले पाउने सेवासुविधाहरु नागरिक केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्