१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


‘ड्रेस टु एक्सप्रेस’ लोकप्रिय बन्दै


1.937k
Shares

काठमाडाैं । महिलाहरुको लागि गुणस्तरीय सामाग्रीहरु बिक्रि वितरण गर्दै आईरहेको ‘ड्रेस टु एक्सप्रेस ’ छोटो समयमै लोकप्रिय ब्राण्ड बनेको छ ।

कम्पनीले महिलाहरुको रेडिमेड लुगा बिक्रीबितरन गदै आएको छ। कम्पनीले अर्डर अनुसार कल्चरल ड्रेसहरुमा तामाङ ,मगर, गुरुङ, शेर्पा, नेवार, राई, लिम्बु ड्रेस, ढाका साडी, सिंगापुरी लुंगी, सिंगापुरी सेट र गरगहनाहरु सुपथ मूल्यमा बिक्रि गरिरहेको छ।

कम्पनी स्थापना भएको करिब दुई वर्षमा ५ हजार भन्दाबढी ग्राहक बनाउन सफल भएको छ । सामानहरु अनलाइनमार्फत अडर लिइ ग्राहकहरुको घर दैलोमा समयमै पुर्‍याउने व्यवस्था गरिएको छ ।

साथै,साइज रङ तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा सामानहरु साट्ने सुविधा समेत उपलव्ध गराउँदै आएको छ ।

सञ्चालक जेनु लामाका अनुसार निकट भविष्यमा महिलाको ब्याग जुत्तालगायत अन्य सामाग्रीहरु तथा बालबालिकाको लागि पनि गुणस्तरीय सामाग्रीहरु उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।