२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत


533
Shares

काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ ।

आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।

डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राख्नुभएको थियो । विधेयकमा छलफल सकिएपछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने छ ।