१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


एकैदिन १६ जना कोरोना संक्रमित थपिए


975
Shares

काठमाडौं । देशभर थप १६ जनामा कोरोना क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७९ जनाको पीसीआर र ६४२ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार देशभर ४ जना संक्रमण मुक्त भएका छन् भने ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।