२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि सरकारले पूर्णता पाउँछ : अध्यक्ष नेपाल


182
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनका दलहरुका बिचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताउनुभयो । उहाँले सरकारको साझा नीति तथा कार्यक्रमा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । त्यस्तै, परराष्ट्र मन्त्रालयमा पनि काबिल व्यक्तिलाई जिम्मेवारी दिन आफ्नो सुझाव रहेको उहाँले बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने विषयमा प्रत्येक पार्टीहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेको पनि बताउनुभयो ।