
काठमाडौं । फौंजदारी न्यायको सिद्धान्त अन्तरगत रहेर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने कुरा कल्पना पनि गर्न नसकिने सत्तारुढ नेकपा (माओवादी केन्द्र) उपमहासचिव शक्तिबहादुर बस्नेतले बताउनुभएको छ ।
उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौंता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत मात्रै सो समस्याको समाधान गर्न सकिने विशिष्ट व्यवस्था गरेको र सरकारले सोही व्यवस्था अनुसार त्यो समस्याको समाधान हुने गरी कानून निर्माण गर्न चाहेको पनि स्पष्ट पार्नुभयो ।
आइतबार प्रतिनिधिसभा बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” माथिको छलफलमा भाग लिँदै उहाँले पीडितलाई न्याय दिने, परिपुरणको व्यवस्था गर्ने र फेरी मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकार अघि बढिरहेको पनि बताउनुभयो ।
विधेयकमा शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा नगर्ने कुरा कहीँ पनि नगरेकाले सबै राजनीतिक पार्टीहरुले त्यसलाई छिटो पारित गर्नुपर्ने उपमहासचिव बस्नेतले भनाई थियो ।
उपमहासचिव बस्नेतले संक्रमणकालीन न्यायको सिद्धान्त अन्तरगत नै संक्रमणकालीन न्याय दिनु नेपालको संविधान र विस्तृत शान्ति सम्झौंता बमोजिम हुने दाबी समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्