१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


मन्त्रालयबाट खटाएका प्रशासकीय अधिकृतलाई ७ दिनभित्र हाजिर गराउन सम्बन्धित पालिकालाई निर्देशन


962
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयबाट खटाएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्र हाजिर गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई फर्काउन थालेपछि ७ दिनभित्र हाजिर गराउन मन्त्री अमनलाल मोदीले मन्त्रिस्तरीय निर्णय गराउनुभएको थियो । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले शुक्रबार नै परिपत्र गरिसकेको छ ।

मन्त्रालयले मन्त्रालयबाट खटाइएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्रै सम्बन्धित नगरपालिका–गाउँपालिकाको खाता सञ्चालनको व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई परिपत्र गरेको छ ।