
नवलपुर । नवलपुरको मौलाकालिका मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेकाे छ।
चैते दशैंकाे अवसरमा नवलपुरको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको मन्दिरमा दैनिक १ हजार भन्दा बढी भक्तजनहरु आउने गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जनाएको हाे । कालिका मन्दिरमा अहिले नेपाल र भारतका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आएका छन् ।
यहाँ वडा दशैं र चैते दशैंको नवरात्रमा ठूलो भीड लाग्ने गर्दछ । पन्ध्रौं शताब्दीको अन्त्यतिर पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो शासनकालमा यस ठाउँमा सैनिक टुकडी राखेर देवघाट धाममा चक्रवर्ती शिला स्थापनासहित तीर्थबास गरेको र सैनिक टुकडीलाई शक्ति आरधनाका लागि मौलो गाडी पीठका रुपमा पूजा गर्ने गरेको इतिहासमा उल्लेख गरिएकाे छ ।
२०३२ सालदेखि यहाँ पूजा–पाठ नियमित गर्न थालिएको हो । अहिले निजी र सरकारी लगानीमा करिब २० करोड लगानी गरेर मन्दिरलाई व्यवस्थित गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस्