२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मलाई घचेटिराखे नयाँ पाइला चाल्ने छु: भीम रावल


143
Shares

कैलाली । नेकपा एमालेका नेता डा: भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताउनुभएकाे छ ।

मंगलबार बिहान कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्ताे बताउनुभएकाे हाे । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उहाँले बताउनुभएकाे हाे । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने पनि उहाँकाे भनाइ थियाे । पार्टीमा विधि पद्धतिको कुरा गर्छस् आफूलाई भनेर घचेट्या घचेट्यै गरेकाे खण्डमा त्यति बेला एमालेका इमानदार कार्यकर्ता र जनतालाई सोधेर नयाँ पाइला चाल्न पनि सक्ने उहाँले बताउनुभयो ।

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपकाे बारेमा पनि नेता रावलले पत्रकार सम्मेलन मार्फत जवाफ दिनुभएकाे छ । उहाँले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिएको बताउनुभयाे ।

अरु पार्टीका नेताहरुलाई भेट्न नपाइने भए पार्टीको विधानमा लेख्न उहाँले सुझाव समेत दिनुभएकाे छ ।